केसर पुस्तकालय
कार्यविवरण
- सङ्कलित एवम् उपलव्ध पुस्तकहरूको संरक्षण एवम् सम्वर्धन गर्ने, गराउने।
- दैनिक, साप्ताहिक तथा मासिक पत्रपत्रिका सङ्ग्रहित तथा व्यवस्थित गरी पाठक सेवा उपलब्ध गराउने।
- सर्वसाधारण पाठकका लागि प्रभावकारी पुस्तकालय सेवा प्रदान गर्ने।
- स्वीकृत नीति नियम अनुकूल र यसको समग्र विकास सम्वन्धी काम गर्न प्रयास गर्ने।
- मुलुकमा विद्यमान सार्वजनिक एवं अन्य पुस्तकालयहरूसँग सम्वन्ध एवम् समन्वय कायम गर्ने।
- केसर पुस्तकालयमा भएका पठन सामाग्रीलाई सूचना तथा सञ्चार प्रविधिले ल्याएका अवसरको उपयोग गर्दै आधुनिक एवम् युग सुहाँउदो विधुतिय पुस्तकालयको विकास गर्ने।
- मूलुक भित्र प्रकाशित नेपाल सम्वन्धी पुस्तक, पत्रपत्रिका, प्रलेख, प्रतिवेदनहरू संकलन, सम्वर्द्धन र संरक्षण गरी वर्तमान र भावी सन्ततिका निमित्त सूचना तथा जानकारी एकै ठाउँबाट उपलव्ध गराउने।
- मूलुक भित्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी पुस्तकालय, प्रलेख केन्द्र तथा सूचना केन्द्रहरूको अनुगमन एवम मूल्याङ्कन गर्ने, निर्देशन दिने तथा उनीहरूको विकासको लागि प्राविधिक सरसल्लाह एवम् नेतृत्व प्रदान गर्ने।
- पुस्तकालय एवम् सूचना केन्द्रहरूको विकासको निम्ति तालिम, गोष्ठी सभा, सम्मेलनको आयोजना गरी पुस्तकालय सम्वन्धी गतिविधिहरूको जानकारी तथा प्रवोधीकरण गर्ने।
- बाल साहित्य, ब्रेल साहित्य लगायतका विविध सामाग्री संकलन एवम् गरी बालबालिका, बन्दी एवम् विशेष क्षमता भएका पाठक वर्गलार्इ सेवा पुर्याउनु।
- वहुमूल्य ऐतिहासिक कृतिहरूको संरक्षण एवम् सम्बर्धन गर्ने ।
- पुस्तकालयमा भएका पुस्तकहरुको वाङ्मय सूची तयार गरी युनियन क्याटलग तयार गर्न सहयोग गर्ने।
- स्वदेशी तथा विदेशी पुस्तकालय एवम् संघसंस्थाहरुसंग सम्वन्ध कायम गरी विदेशी साहित्यहरू प्राप्त हुने व्यवस्था मिलाउने ।
- ज्ञान-विज्ञानका सामग्रीहरूको आदान प्रदान गर्नको निमित्त अन्तर पुस्तकालय सहकारिता सञ्चालन गर्ने ।
- व्यक्तिबाट प्राप्त भएका पुस्तकहरू सम्वन्धित व्यक्ति कै नाउँमा स्पष्ट उल्लेख गरी स्रोत शाखा बनाई संरक्षण गरी राख्ने तथा उपयुक्त पुस्तकालयलाई वितरण गर्ने व्यवस्था मिलाउने ।
- राष्ट्रिय, प्रदेशस्तरीय संस्कृति झल्किने श्रव्य दृश्य सामग्रीहरू सङ्कलन गरी राख्ने।