राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा पञ्चमी - २०
राणा प्रधानमन्त्री चन्द्रशमशेरका साँहिला सुपुत्र केसर शमशेरको जन्म विसं. १९४८ साल पुस २३ गते भएको थियो।उनी बाल्यकालदेखि नै अध्ययनमा गहिरो रूची राख्दथे।उनले विसं. १९६५ (सन् १९०८) मा पिता चन्द्र शमशेरसंगै बेलायतको भ्रमण गर्ने अवसर पाएका थिए।उनी बेलायतको व्यवस्थित राष्ट्रिय पुस्तकालय तथा संग्रहालय प्रणालीबाट असाध्यै प्रभावित भए।बेलायतमा रहँदा नै नेपाल फर्केपछि एउटा व्यवस्थित पुस्तकालय तथा संग्रहालयको स्थापना गर्ने संकल्प गरेर बेलायत लगायत संसारका विभिन्न मुलुकवाट प्रकाशित पुस्तक, पत्रपत्रिका, प्रेश, क्लिप, जस्ता सामाग्री नेपालमा रहने पुस्तकालयमा पठाउने व्यवस्था मिलाएर काठमाण्डौ फर्किएका थिए।
बेलायतबाट पर्के लगत्तै आफ्नै नाममा निजी पुस्तकालय खोले।वि.सं.१९६५ देखि पुस्तक सङ्कलन कार्यमा निरन्तरता दिइएको यो पुस्तकालय तथा सङ्ग्रहालयमा उनका पाहुना तथा देश विदेशका खास पदाधिकारीले मात्र त्यहाँ प्रवेश गर्ने अनुमति पाउँथे।उनले आफ्नो जीवनकालमा नै २७०००० भन्दा बढी पुस्तक तथा पत्रपत्रिका संकलन गरिसकेका थिए।वि.सं. २०२१ सालमा भारतका प्रधानमन्त्री जवहारलाल नेहरूको निधन भएको थाहा पाएर नेपालस्थित भारतीय राजदूतावासमा समवेदना दिएर केसरमहल फर्किएर नेहरुको जीवनी पढ्दा पढ्दै अचेत भएका केसरको सातदिन पछि उनको स्वर्गारोहण भयो।उनले देहान्त हुनुअघि आफूले लामो समयसम्म श्रम र साधन लगाएर सङ्कलन गरेको बौद्धिक तथा ऐतिहासिक रूपको पुस्तकालय सार्वजनिक सम्पत्तिको रूपमा जाओस् र ज्ञान पिपासु सबैले यसबाट लाभ लिन सकून् भन्ने इच्छा परिवारका सदस्यहरु सँग राखेका थिए।सोही अनुसार उनका उत्तराधिकारीबाट वि.सं.२०२४ सालमा यो पुस्तकालय उहाँकी श्रीमती कृष्णचन्द्रदेवी राणा तथा छोराहरु केयुर शमशेर र लोकभक्तले यो पुस्तकालय, केसरमहल, स्वप्न बगैचा लगायत यस केसर महल परिसरको जग्गा समेत गरी जम्मा ३४-१-२ क्षेत्रफल भएको जाग्गा र सो जग्गाले चर्चेका लिगलिगा पात समेत केसर पुस्तकालयको नाममा तत्कालीन जग्गा श्री ५ को सरकारलाई हस्तानान्तरण गरेका थिए।
यो पुस्तकालय नेपाल सरकारको स्वामित्वमा आएपछि वि.सं. २०२६ साल साउन १ गतेदेखि सर्वसाधारण जनताका लागि खुला गरिएको थियो।नेपाल सरकारले सञ्चालन गर्न थालेपछि दाता श्री केसर शमशेरको नामवाटै पुस्तकालयको नामाकरण गरी केसरमहलमा यथावत कायम राखी केसर पुस्तकालय सञ्चालन हुँदै आएको छ।