पुस्तकालयमा रहेका पठनीय सामाग्रीहरु निम्न अनुसार व्यवस्थित गरिएको छ ।

क. पहिलो (भूई) तलामा विश्वइतिहासका पुस्तकहरु राखिएका छन् ।

ख. माथिल्लो तल्लाको नयाँ संकलनमा विश्वकोष, शब्दकोष, सुचना, कम्प्युटर, दर्शन, मनोविज्ञान, धर्म, समाजशास्त्र, राजनीति, कानुन, व्यवस्थापन, विज्ञान, प्रविधि, कला, साहित्य, इतिहास, भूगोल, विभिन्न विद्वानहरुको जीवनी लगायत थुप्रै विषयसँग सम्बन्धी पुस्तहरुको संग्रह छ ।

ग. लामो खण्डमा शिकार, उद्यानकला, यात्रावर्णन ज्योतिषशास्त्र, कला, संस्कृति, धर्म, दर्शन तथा साहित्यका पुस्तकहरु समाविष्ट छन् । पुस्तकालयको मुख्य केन्द्रय भाग पनि यही नै हो ।

घ. चौथो खण्डमा विविध विषयका पुस्तक तथा पत्रपत्रिका, शोधपत्र, प्रतिवेदन आदिको संग्रह छ ।

केसर संकलनमा अंग्रेजी भाषाका पुस्तकहरु नै बढी छन् । यसबाहेक नेपाली, हिन्दी, नेवारी, वंगाली, फ्रेन्च भाषाका पुस्तकहरु पनि संकलित छन् । संस्कृततर्फ पुराण, वेद, उपनिषत्, रामायण, महाभारत गीता, तन्त्र जस्ता ग्रन्थ छन् । यी सबैको अतिरिक्त विभिन्न भाषाका हस्तलिखित ग्रन्थहरुको साथै सन् २०१३ जुन १८ मा ग्ल्भ्क्ऋइ ले ११३४ वर्ष पुरानो भनी प्रमाणित गरेको सहोत्तर तन्त्र (सुश्रुत संहिता) समेत रहेका छन् । यसरी बहुविधा, दुर्लभ पुस्तक र पत्र पत्रिकाहरु समेत गरी जम्मा ६० हजार जति रचनाहरु यहाँ संकलित छन् । त्यसो हुँदा अध्ययन एवं अनुसन्धानकर्ताहरुको निम्ति पनि यो पुस्तकालय अत्यन्त उपयोगी छ ।